वाह!!नयाँ नेपाल को प्रशासन
कुरा अस्तिको मात्रै हो। मेरो पासपोर्ट को म्याद सकेकोले नयाँ बनाउन म हतार हतारले जिल्ला प्रशासन कार्यालयमा ११ बजे पुगेँ। पासपोर्ट शाखामा त माजाले बिना सूचना ढोका बन्द गरेर चुकुल्ल लगाएको थियो। मन मनै सोचेँ किन आज यो शाखा मात्रै बन्द गरेको होला। केहि समस्या परेर हो कि? झट्ट अस्तीको समचारको याद आयो। खै एक जना स्टाफले नक्कलि पासपोर्ट को काम गरेर ललितपुरको जिल्ला प्रशासन कार्यालयको स्टाफलाई अख्तियारले रङ्गे हात समात्योरे……त्यहि कारणले गर्दा पो हो कि ? थाहा नपाएकोले सोधपुछ गर्न सोधपुछ कोठामा गएर सोधें “हजुर किन आज पासपोर्ट शाखा बन्द भएको?” चुरोट को धुंवा फ्यक्दै अनुहार अन्तैतिर तेर्स्याउंदै उत्तर आयो -पासपोर्ट नभएर नि …..हरे भगवान!!!! सरकारी कर्मचारीको को तौरतरिका र ब्यबहार ……. एक छिन त झनक्क रिसले तिरिमिरि झ्याँइ देखेँ। तर के गर्नु रिसाएर त काम छैन। दिक्क लाग्यो सरकरी कर्मचारीको स्तर देखेर। यो चाहिँ Middle level को सरकरी कर्मचारीहरुमा यस्तो भावना हुन्छकी हामी त सरकारि कर्मचारी हामीलाई त तलब सरकारले नै खुवाएको हो ब्यक्तिको केहि खाएको छैनौ……आखिर ऊनिहरु त म भन्द पनि पढेका हुनु पर्छ र पक्कै पनि छन, तर पनि किन त यस्तो ब्यबहार????? उनिहरुको तलब कहाँ बाट आउँछ ? जनताको परिश्रमबाट सरकारले आर्जीत मुद्रा ( कर) नै उनीहरुको तलब हैन र ?मैले पनि धेरै टेन्शन र मिहेन गरेर श्रीमति र छोरो बाट टाढा बसेर कमाएको मुद्रा बर्षको अलिकाति भएपनि ती कर्मचारिको लागि तलब (कर) छुट्याएको छु। मलाई माफ गर्नु होला मैले सबै कर्मचारीहरुलाइ भनेको चाँहि हैन तर पनि Almost of employers from Nepal government look poor in thought (बिचरा. )
मेरो बिचारमा एक त पासपोर्ट सि. डि. ओ. कार्यालयमा सकिन दिनु नै हुँदैन सकिए पनि त त्यस पासपोर्ट शाखामा सम्बन्धित कर्मचारी बसेर त्यहां आएका मानिसहरुलाइ राम्रो सगँ नम्र मिजासले सहि सूचना दिनु पर्दैन र? मानिसहरु त्यहा आएर पसपोर्ट बनाउने प्रक्रिया बिधि आदि को बिषयमा पनि त सोध्न सक्छन नि। पासपोर्ट सकियो भन्दैमा शाखाको ढोका नै बन्द गरेर बस्न मिल्छर? त्यस्तो लापर्वाही हुँदा पनि जिल्ला भरिको तमाम प्रशासन को ग्यारेण्टि गर्छु भनेर ललितपुरको जिल्ला प्रशासन कार्यालयमा कार्यरत सि. डि. ओ. ( Chief District officer- is the first class employer of Nepal Government ) ले आफ्नै घरमा त्यस्तो लापर्वाही युक्त काम हुँदा पनि मै हुँ जिल्ला सञ्चालक भन्नेको अगाडी इन्द्रको बौ चन्द्र आए पनि नयाँ नेपाल हैन कि उही नेपाल हुन्छ। सतिले सरापेको नेपाल हुन्छ।