Friday, May 11, 2007

नयाँ नेपाल को प्रशासन।

 वाह!!नयाँ नेपाल को प्रशासन

कुरा अस्तिको मात्रै हो। मेरो पासपोर्ट को म्याद सकेकोले नयाँ बनाउन म हतार हतारले जिल्ला प्रशासन कार्यालयमा ११ बजे पुगेँ। पासपोर्ट शाखामा त माजाले बिना सूचना ढोका बन्द गरेर चुकुल्ल लगाएको थियो। मन मनै सोचेँ किन आज यो शाखा मात्रै बन्द गरेको होला। केहि समस्या परेर हो कि? झट्ट अस्तीको समचारको याद आयो। खै एक जना स्टाफले नक्कलि पासपोर्ट को काम गरेर ललितपुरको जिल्ला प्रशासन कार्यालयको स्टाफलाई अख्तियारले रङ्गे हात समात्योरे……त्यहि कारणले गर्दा पो हो कि ? थाहा नपाएकोले सोधपुछ गर्न सोधपुछ कोठामा गएर सोधें “हजुर किन आज पासपोर्ट शाखा बन्द भएको?” चुरोट को धुंवा फ्यक्दै अनुहार अन्तैतिर तेर्स्याउंदै उत्तर आयो -पासपोर्ट नभएर नि …..हरे भगवान!!!! सरकारी कर्मचारीको को तौरतरिका र ब्यबहार ……. एक छिन त झनक्क रिसले तिरिमिरि झ्याँइ देखेँ। तर के गर्नु रिसाएर त काम छैन। दिक्क लाग्यो सरकरी कर्मचारीको स्तर देखेर। यो चाहिँ Middle level को सरकरी कर्मचारीहरुमा यस्तो भावना हुन्छकी हामी त सरकारि कर्मचारी हामीलाई त तलब सरकारले नै खुवाएको हो  ब्यक्तिको केहि खाएको छैनौ……आखिर  ऊनिहरु त म भन्द पनि पढेका हुनु पर्छ र पक्कै पनि छन, तर पनि किन त यस्तो ब्यबहार????? उनिहरुको तलब कहाँ बाट आउँछ ? जनताको परिश्रमबाट  सरकारले आर्जीत मुद्रा ( कर) नै उनीहरुको तलब हैन र ?मैले पनि धेरै टेन्शन र मिहेन गरेर श्रीमति र छोरो बाट टाढा बसेर कमाएको मुद्रा बर्षको अलिकाति भएपनि ती कर्मचारिको लागि तलब (कर) छुट्याएको छु। मलाई माफ गर्नु होला मैले सबै कर्मचारीहरुलाइ भनेको चाँहि हैन तर पनि  Almost of employers from Nepal government look poor in thought (बिचरा. )

मेरो बिचारमा एक त पासपोर्ट सि. डि. ओ. कार्यालयमा सकिन दिनु नै हुँदैन सकिए पनि त त्यस पासपोर्ट शाखामा सम्बन्धित कर्मचारी बसेर त्यहां आएका मानिसहरुलाइ राम्रो सगँ नम्र मिजासले सहि सूचना दिनु पर्दैन र? मानिसहरु त्यहा आएर पसपोर्ट बनाउने प्रक्रिया बिधि आदि को बिषयमा पनि त सोध्न सक्छन नि।  पासपोर्ट सकियो भन्दैमा शाखाको ढोका नै बन्द गरेर बस्न मिल्छर?  त्यस्तो लापर्वाही हुँदा पनि जिल्ला भरिको तमाम प्रशासन को ग्यारेण्टि गर्छु भनेर ललितपुरको जिल्ला प्रशासन कार्यालयमा कार्यरत सि. डि. ओ. ( Chief District officer-  is the first class employer of Nepal Government ) ले आफ्नै घरमा त्यस्तो लापर्वाही युक्त काम हुँदा पनि मै हुँ जिल्ला सञ्चालक भन्नेको अगाडी इन्द्रको बौ चन्द्र आए पनि नयाँ नेपाल हैन कि उही नेपाल हुन्छ। सतिले सरापेको नेपाल हुन्छ।

 

Posted by Stranger at 16:03:38 | Permalink | No Comments »

Wednesday, May 9, 2007

तँपाइलाई पनि डि भि D.V. पय्रो?

यसरीनै हामि नेपाली आफ्नो भाग्य चम्क्योकी चम्केन भनेर  पोष्ट अफिसको  भित्ता आँखा झुन्ड्यउनु परेको छ। यो हो अमेरिकाले गरिबले पनि गरि खाऊन अनि आफ्नो देशमा स्तरियहीन श्रम सस्तो ज्याला खरिद को लागि बोलपत्र आब्हान गर्ने नाटक रुपी डि.भि।  यो डि.भि ले कोहिलाइ चाँहि अमेरिका पुय्रायो त्यसपछि भाग्य चम्क्योकी चम्केन  थाहा छैन, तर धैरैलाई चाँहि आफ्नो देशमा पनि आफ्नै माटोमा नै सुकुम्बासि बनायो। कातिले डि.भि  पर्दासाथ अमेरिका जाने रहरले  भएभरको जग्गा जमिन बेचेर डलर बनाएर सबै डलर त्यहि अमेरिकनहरुलाई चढाएर  उनिहरु बाटै हामि नेपाली  सुकुम्बासि भएकाछौ।

तैपनि म चाहिँ दोष ती अमेरिकनलाई दिन्न। उनीहरुको देशमा हामीलाई किन जानु पर्यो त? हेपाई खाएर….अमेरिकनलाइ दोष दिँदा उल्टो अमेरिकन राजदुतले धम्कि भाषामा बोले नेपालीलाई दिएको डि.भि. को सुबिधानै कटिनेछ यदि किचकिच गारेर अन्नशन बसेर भुसुनो भएर हात्तिलाइ दु:ख दियौ भने……. बल्याले जे गरे पनि हुन्छ वा अमेरिकन ले …. Wow American! Powerful American!!  But you guys seem strong front side of only Poor country like us not with Developed country like Europe Japan etc. Power is God.

Posted by Stranger at 16:50:21 | Permalink | No Comments »

Friday, May 4, 2007

Great place मेरो आफ्नै गाँऊ

 आहा मेरो गाँउ मेरो ठाउँ। धन्य भगवान! यस्तो शुन्दर अनि शान्त पहाडको काखमा बस्न पाउनु। भन्छन् नी पारिजातको मेसो नपाउनेलाइ स्वर्ग पनि रमाइलो हुँदैनरे त्यस्ते हो यो शुन्दर गाउँ पनि।

Have you been this place ? If not you should be there someday. Really Great place to stay. Looks really better then my explaination  and sounds much cool then pictures.

The Name of this place is called LAMATAR. It lies South from kathmandu and 16 Km. from Thamel.

 

Posted by Stranger at 03:31:12 | Permalink | No Comments »

Tuesday, May 1, 2007

मे दिबश अर्थात मजदुर दिबस

मे दिबश अर्थात मजदुर दिबस- आज पनि नेपालमा बिभीन्न कार्यक्रम गारेर मनाइँदै छ। नेताहरु शीतल मन्चबाट लेबी डकारेर कुर्लदै, मजदुरहरु टन्टलापुर्ण घाममा त्यहि नेताहरुद्धारा प्रेशीत दीवासपनमा आफ्नो घरको चुल्हो आफैँ बलेको कल्पना गर्दै, शाहुहरु अब के हुन्छ है? न अब मजदुरहरु मिलेर आफुले कमाएको सम्पति लुट्छनकी यस्तै शोच्दै मे दिबश अर्थात मजदुर दिबस नेपालमा मनाइन्छ। हे भगवान कहिले सम्ममात्रै  खाली मे दिबश मनाइरहने?????

यति बेला मेरो दिमगमा ती महान (Great) मजदुर र शाहुहरुको सम्झना आउँछ ति हुन जापान, अमेरिका, युरोप, चीन आदिका। मैले सुनेनुशार अहिले अमेरिका र जापनमा त कुनै किसिमका नेपालका जस्ता लेबि उठाएर पार्टिलाई बुजाउन पर्ने युनियन नै  छैनरे। आखिर किन त  युनियन नै नभईकन ति देशका कम्पनि र देश यति माथि पुगे? शाहू र मजदुरहरुको सम्बन्ध त्यति मीठ भयो।स्ले गर्दा  हो मजदुरहरुको सबैभन्दा ठूलो कर्तब्यनै आफ्नो कम्पनिको कसरी  हित हुन्छ? आफ्नो कामको कसरी सबैले प्रशँसा गर्छन् भनेर हरदिन त्यहाका मजदुरहरु तल्लीन हुन्छन्। इमान्दारी साहित को काम नै सच्चा मे दिबश अर्थात मजदुर दिबस हो। यसरीनै त्यहाँका शाहुहरु पनि यति इमान्दरी हुन्छकी आफ्ना  कामदारहरु नै उनिहरुका अन्नदाता हुन उनिहरु नभए शहुहरुको अर्थनै छैन।मजुदरहरुको हक हित को बारेमा उनिहरु एकदमनै सचेत र इमन्दरी देखिन्छन्। उदाहारण छ  Microsoft Company, Toyota, Honda , Canon, P&G  etc कम्पनिहरु के शाहुहरुले मात्रै गर्दा त्यति माथिपुगेका हुनत? पक्कै हैन । महान मजदुरहरुकै अथक प्रयास बाट हो। त्यसो हो भने किन त ति मजदुरहरुले शाहुहरुको कम्पनिमा तलबैको लागि मरि मरि काम गरेको त? आफ्नो पिता माता को स्वर्गारोण हुँदा पनि घर नआएको उदारण धेरै सुनेका छौ। श्रीमति श्रिमान बीचको बिछोड पनि कामको करणले भएको हामिले सुनेक छौ। यसरि कामदरले संसारै छोडेर काम र कम्पनि भन्नुमा शहुहरुको पनि आफ्नो कामदारप्रति ठुलो लगानी, कर्तब्य, इमन्दरी रहेछ।

 

नेपालमा मनाइने मे दिबश ले खालि शाहु र महदुर बीचको दरारलाइ झन गहिरो बनाउने गारि मनाइन्छ। नेपालको मे दिबश अर्थात मजदुर दिबस खुलामञ्च मा हैन आफ्नै कर्मथलो कम्पनिमा शाहु र मजदुरहरु आधा दिनसम्म काम गरेर आधा दिनपछि संगै खनपिन गरेर हात मिलाएर भाबी दिनमा कसरि कम्पनि माथि लाने?  मजदुरलाइ कसरि अझ लाभन्वीत बनाउने आदि आदि छलफल गरेर मनाउँदा मजदुर र शाहु बीचको न्यानो सम्बन्धनै अलिकति नयाँ नेपालको सँघार हो।  बिना शाहु खुलामञ्च रँग्याउँदैमा  अपुरो हुन्छ जसरी बिना मजदुर शाहुहरु अपुर्ण हुन्छन्। त्यसैले यो मे दिबश मजदुर र शाहुहरु बीचको मिलनको दिन हुनुपर्छ।

 

 

Posted by Stranger at 16:50:21 | Permalink | No Comments »

Saturday, April 28, 2007

नयां नेपाल

    

आजभोलि काठमाण्डु केन्द्रित माओबादिहरुका कार्यक्रमहुरुले तमाम जनतालाइ आशा पनि जगाएको छ कि अब सांचिक्कै नयां नेपालको ढोका खुलदैछ।त्यसकारण उनिहरुमा सबै भन्दा ठूलो जीम्मेवारीको पोको छ।  जीम्मेवारीसंगै उनिहरुले सिक्नु पर्ने पाठ पनि त्यतिकै बिशाल छ। हिजो मात्रै मैले अनुभब गेरेको कुरा हो। एकदम ट्राफिक जाम भएको स्थन लैनचउरमा क. पासाङ चढेको गाडिले बजाएको प्रेशर हर्न सुन्दा लाग्यो वाँहहरुले ध्वनि प्रदुशण बारे के बिचार बनाउनु भएको होला? त्यो अति चर्को आवाजले बटुवाहरुलाइ अनि त्यहि अवस्थीत  साईन्स कलेजमा पढिरहेका बिध्यार्थीहरुलाइ काति को हानि गर्छ होला? यस्तै यस्तै  धेरै छ ऊनिहरुले स्वयं आफुलाइ सच्याएर मात्रै समाजलाइ सच्याउनु पर्ने। आखिर सानु कुरा भएपनि जनमानशमा उनिहरुप्रति नराम्रो प्रभाब पर्न सक्छ।

आशा छ  नयां नेपालको ईन्जीनियर नै उनिहरु भएर तमाम जनतालाइ यो बिस्वाश दिउनकि ऊनिहरुको धरातलनै हामि जानता हो। हामि बिना उनिहरुको अर्थ छैन।

 

 

Posted by Stranger at 04:25:56 | Permalink | No Comments »

Wednesday, April 25, 2007

जीवन

                             

के सोचेको बाबु तिमिले??   भद्रगोल नेपालको स्थीति………..

 

बाबु तिमीलाई देख्दा म नतमस्तक भएको छु। तिम्रो आमाको मिहेनत र तिम्रो धैर्यवान प्रक्रिति देख्दा। यि बालक ति आमाको सुपत्र हुन जस्ले बैशखको  टन्टलापुर घाममा दिनभरि भुटेको मकै बेचेर यि बालकको उज्वोल भबिश्य सपनामा आफुलाई होमेकिछिन। आमा छोरालाइ नै मेरो शुभ कामना।। आमालाइ यो सानो उमेर देखिनै कति सहयोग गरेको छौ है। मेले त तिम्रो उमेरमा कहिले पनि मेरो आमालाइ यसरि सहयोग गरिन।

Posted by Stranger at 05:20:11 | Permalink | No Comments »

Saturday, April 14, 2007

Happy New Year

Happy Nepali New Year 2064!!

May New Year keeps you all under the roof of happiness.

Smile Himact 

Kathmandu Nepal

Posted by Stranger at 08:01:59 | Permalink | No Comments »

Saturday, April 7, 2007

मेरो बाल्यकाल My childhood

This kind of place is nearest place to my heart because of My childhood hass spent with cows and village’s friend.

आहा! काति रमाइलो हुनथ्योहोला फेरि पनि ऊहि बाल्यकालको दिनमा फर्किन पाएमा। यसरीनै गोठाले भएर गाउका साथिहरुसंग जीबन बितउंन सार्है रमाइलो हुन्छ कम्तीम यो कालिलाग्दो जागिरे जीबन भन्दा।

Posted by Stranger at 05:24:10 | Permalink | No Comments »

Saturday, January 20, 2007

Untitle

नेपालको राजनीति अहिले एकदम राफीलो भएर सबैको मन भित्र के पो हुन्छ है भन्ने…….. अबत बल्ल शुखको दिन आऊंछकी भन्ने कौतुहलताको कुहिरोले ढाकेको छ। यस्तै कौतुहलताको कुहिरो २०४६ साल को जनआन्दोलान को सफलता पाछि पनि मेरो मनमा थियो। वाह! गणेशमान, वाह! मदन भण्डारी, वाह! वाह! त्यागी किशुनजीं ………… अब बल्ल नेपालको मुहार फेरिने भयो। सांचिकै जनाताको मनमा नयां नेपालको शुन्दर तश्बीर कोरिएको थियो जसरी मेरो मनमा।
 माथिको मेरो भनाईले कोही पनि नेपाली दाजुभाईलाई नकारात्मक को ढुङ्गामा चोट नपलागोस। आशा गरौं नयां नेपालमा सबै नेपालिको ओठमा मीठो मुस्कान छाओस। एक बिसयमा मलइ असाध्यै पिर लागेको छ। यदि आगामी दिनमा पनि नेपालको राजनीति २०४६ सालको जास्तै भ्रश्टचार, सुरा शुनदरी नातागोता आदीमा नै केन्द्त भयो भने नेपाली जनतको भविष्य र ऊनिहरुको सपना के हुन्छ होला? माओबादी पनि सत्ता र संसदमा आएपछि फेरि उहि २०४६ सालपछिको जास्तै भ्रश्टचार, सुरा शुनदरी नातागोता आदीमा नै केन्द्त भयो भने नेपाली जनताले के गर्ने हो? क्रमश
Posted by Stranger at 05:28:39 | Permalink | No Comments »

Wednesday, September 27, 2006

No Guaranteed words in Nepal at all

नेपालमा कुनै कुराको भरोसा नहुनाले सबे तप्काका मानिसहरुलाइ आ‍-आफ्नो क्षेत्रमा निकै कठिन महशुस गर्दै जीविक चलाउन परेकोछ। ब्यापारमा होस, शिक्षामा होस, राज्यमा होस अथवा राजनीतिमा किन नहोस यहां केहि कुराको भरोसा छैन।
 सर्बबिदीतै थाहाछ अक्टोवर १ देखि जो कोहिलाइ तोकिएको क्षेत्र मा  पद यात्रा  टि आर सि को ब्यवस्था हुनेछ र टि आर सि विना पद यात्रा  गर्न सख्त रोकिने छ। यसै नयाँ नियम नीतिनुरुप हामीसाबैले आ-आफ्नो पदयात्री पाहुनालाइ यसबारे जानकारिगराइ ब्यवस्था भइसकेको थियो। तर आज आएर फेरि नियाम परिवर्तन भएर अब अक्टोवरको तेस्रो हप्ता देखि मत्रै लागू गर्नेरे। हे भगवान !  अब हामिले हाम्रो पदयात्री पाहुनालाइ के भनेर सम्झाउने? एउटा ग्राहक पउन एक बर्ष लाग्छ भने एउटा ग्राहक गुमाउन एक पलनै काफी हुन्छ। त्यसैले कतै हामीले पाएको बिस्वाश त गुम्ने हैन? उनीहरुले हामी प्रति गारेको बिश्वश गुम्नु भनेको हाम्रो ब्यापार गुम्नु हो र सरकारको को कर गम्नु हो त्यासकारणले यो कुरालाइ गहिरेर सोचौं कतै यसरी नै सबैतिर केहीन केही गुम्दै गयो भने अन्तिममा सबैनै  गुम्न बेर छैन। क्रपया ध्यान दिउं।
Posted by Stranger at 05:18:02 | Permalink | No Comments »