Saturday, March 22, 2008

My life

ज मैले  साइकल चलाउन थालेको पनि १ महिना भयो। तर हरक दिन होइन हप्ताको ३दिन साइकल नि ४ दिन  उहि म.बाइक। नेपालीको लागि पुरनो साइकलको रु ….भनेको त अलि नसुहाउने कुरानै भयो नि। मैले जब रक्सि, बियर वाइन पिउन ठप्पै छोडें अनि त्यहि पैसाले किनेको हो। त्यसैले यो मेरो साइकल सँग को सम्बन्ध मिठो छ।
 साइकल किन्नु अगाडि मेरो मनमा एउटा चिन्ता भने थियो नै। रू …….. को पुरानो साइकल किनेर २ दिन चढेर ३ दिन पछि  घरको कुनामा थन्क्यउन पर्यो भने त मलाइ त्यो  महँगो साइकलले निकै पिरोल्छ। तर आज १ महिना भयो आन्नदले नै चढेको छु।
 पहिलो हप्ता त अलि गारो भयो पनि, छातिका करङ्ग नै दुख्यो। तर पछि चांहि  खासै केहि भएन।
घरबाट ठमेल आउन करिब १ घण्टा लाग्छ। कसरत चाँहि राम्रै भएको छ। साइकल चढेदेखि अहिले सम्म ३ के.जि. घटउन पनि शफल भएछु।
बाटो तिर पनि रमाइल द्रिष्यहरु, घटनाहरु हेर्न पाइन्छ।
 अचेल मनमा एउट कुराले भने असाध्यै खुशी बनाएको छ।  मलाइ साइकले बनीले केहि हदसम्म  फाइदा ने भएको छ। पेट्रोलबाट पैसा जोगियो, भुँडि घट्यो, अनि केहिन कहि रुपमा मैले pollution पनि कम गरेको छु। त्यसैले Please  मलाइ साइकल चढ्न को लागि हौसला मिलोस कि पल्सर मोटर बाइक ले बाटोमा साइकललाइ हेपेको जासारि नहप्नु होला ।
Posted by Stranger at 09:20:16 | Permalink | Comments (1) »