नयाँ नेपाल
आज भोलि काठमाण्डुमा हिँडदा खेरि मलाई सँधै एउटै द्रिष्याले मेरो दिमागमा कहिले त रिसको पारो आसध्यै बढाउछ भने कहिले मान्छे र पशु नै छुट्याउने सानो काम पनि मेरो दिमागले गर्न सक्दैन। सरकारले लाखौँ खर्च गरेर आम जनताको जीबन शुराक्षा होस र Traffic System राम्रो होस भनेर आकाशे पुल(Sky Bridge) बनाईदिएको छ तर पनि हामी मूर्ख मान्छे आकाशे पुल(Sky Bridge) प्रयोग नगरी ब्यस्त सडकमा गाडिलाई असाध्यै बाधा पुर्याएर ट्रफिक जाम गरेर बाटो काट्छौँ। अलिकति Basic knowledge पनि नभएको देख्दा यतिको गतिछाडा जनताको लागि नयाँ नेपाल “सुङ्गुरको स्वर्गको यात्रा”जस्तै हुन्छ होला। हे भगवान! किन होला अति सानो ज्ञान र संस्कार पनि नभएको शुन्य घैँटोरुपी मनुष्य हुन्छ र? हामी पनि त बिदेशी जस्तै सभ्य हुनुत अवश्या पर्छ। यस्को शुरवात हामी बाट नभए कसबाट शुरू गर्ने हो? यो पनि त अनुशासनको बिषयमा नै पर्छ होला। आकशे पुल(Sky Bridge) चाँहि खाली तल सबै जना गाडि जाम बनाएर भन्छन “ मानिसलाई पहिलो प्राथमिक दिनु पर्छ”अनि म भन्छु “पहिलो प्राथमिकता त मानिसलाईनै हो पशुलाई होइन”।
Posted by
at
16:06:54
तपाईंले मलाई भन्नुभएको त हैन? कुरो त सोह्रैआना ठीक हो,तर खै उक्लिन भनेपछी अल्छी लागेर आउँछ । गाडीले ठक्कर नदिउञ्जेल यस्तै पो हो की!