Friday, May 18, 2007

रमाईला पलहरु……..

   स्तो फोटो देखेपछि म आज भन्दा लगभग १५ बर्ष अगाडिको मेरो जीबनको ब्यथित रमाइला पलहरु जून एकदम आनन्दमय थियो। लगवग S.L.C सकेर I.A. को कलेजको जीबन थियो, जुन बेलामा मेरो अधिकांश जीबन यसरी नै खेतमा रमाई रमाई हाँसी हाँसी दिन भरि  कोदालीलाई साथी बनाएर खाजामा २/३ माना चिउरा खाएको सम्झना आउँदा एक किसिमको रमाईलै हुन्छ । त्यो बेलामा चाँहि खासै थाहा थिएन कसरी त्यति धेरै २‍/३ माना  चिउरा खाजामा खान सकेको होला ? आखीर त्यो त २/३ माना चिउरा मध्ये आधा चिउरा त मेरै साथि कोदालीले पनि त खाएको  रहेछ । त्यो बेलाम  यति धेरै खाना खाईन्थ्यो कि जति खाए पनि पेटार पेट शीलीम ज्यान कस्तो ह्याण्डशम  थिएँ Tongue out…………. । अहिले कोदाली साथिको अभाबमा ज्यान एक किसिमाको लौका भएको छ। खाना त खासै कम नै खाइन्छ तर पनि ज्यान हिँड्ने होइन गुड्ने भइसकेको छ्।

 त्यो बेलामा Morning Walk भन्ने थाहा थिएन। अहिले ज्यान घटउने  तरिका  Morning Walk  थाहा छ त्यै ज्यान घटाउने तरिका Morning Walk  थाहा भएरै होला ज्यान लौका बाट कुभीण्डो हुनुमा त्यहि सहि साथि  कोदाली नभएर हो भन्ने कुराको चाँहि हेक्का छैन।

आहा! पीरो पीरो आलुको अचार अनि  टाइचीन को चिउरा……..कति मीठो हुन्छ।  यसपाली को अषाढमा त पक्का अफिसबाट बीदा लिएर धेरे बर्ष पछि कोदाली लिएर खेताम हिलो आलि गर्न जाने बीचार गरेको छु। बीचार चाँहि छ तर कूभण्डे  ज्यानले कतीको शाथ दिने हो थहा छैन।

Posted by Stranger at 17:46:17 | Permalink | Comments (3)

Tuesday, May 15, 2007

नयाँ नेपाल

      ज भोलि काठमाण्डुमा हिँडदा खेरि मलाई सँधै एउटै द्रिष्याले मेरो दिमामा कहिले रिसको पारो आसध्यै बढाउछ भने कहिले मान्छे पशु नै छुट्याउने  सानो काम पनि मेरो दिमागले गर्न सक्दैन सरकारले  लाखौँ खर्च गरेर  आम जनताको  जीबन शुराक्षा होस र Traffic  System राम्रो होस भनेर आकाशे पुल(Sky Bridge) बनाईदिएको छ तर पनि हामी मूर्ख मान्छे आकाशे पुल(Sky Bridge) प्रयोग नगरी ब्यस्त सडकमा गाडिलाई असाध्यै बाधा पुर्याएर ट्रफिक जाम गरेर बाटो काट्छौँ। अलिकति Basic knowledge पनि नभएको देख्दा यतिको गतिछाडा जनताको लागि नयाँ नेपाल सुङ्गुरको स्वर्गको यात्राजस्तै हुन्छ होला। हे भगवान! किन होला अति सानो ज्ञान र संस्कार  पनि नभएको शुन्य घैँटोरुपी मनुष्य हुन्छ र? हामी पनि त बिदेशी जस्तै सभ्य हुनुत अवश्या पर्छ। यस्को शुरवात हामी बाट नभए कसबाट शुरू गर्ने हो? यो पनि त अनुशासनको बिषयमा नै पर्छ होला।  आकशे पुल(Sky Bridge)  चाँहि खाली तल सबै जना गाडि जाम बनाएर भन्छन मानिसलाई पहिलो प्राथमिक दिनु पर्छअनि म भन्छु पहिलो प्राथमिकता त मानिसलाईनै हो पशुलाई होइन”।  
Posted by Stranger at 16:06:54 | Permalink | Comments (1) »

Saturday, May 12, 2007

   

किन होला मलाई अझ सम्म त्यहि पहिलो Motor Bike अर्थात  मेरो जिन्दगीकै पहिलो म जस्तै कालो बाईक मन परिरहेको छ? मेरो जीबनको त्यो पहिलो कमाई भएर हो कि?  यो बाइक बेचेको दिनत असाध्यै नरमाईलो लागेको थियो। अरुलाइ दिने बेलामा त झण्डै रुँदै मुइनै खाएको थइन।अहिले सम्म पनि एकदम सम्झना आउँछ। कस्ले प्रयोग गरिरहेको होला? बाईक असाध्यै लक्षिणको थियो।मैले उस्को नाम काली राखेको थिए। ७ बर्ष सम्म मलाइ यो बाइकले सुरक्षीत राखेर उस्कै सौताको आगमन पछि उ मबाट टाढा भई। तिमि जहाँ भएपनि मेरो सम्झना छ। I really love you Kali. Thanks for your great unforgetable services which I got from you until last seven years.

 

Posted by Stranger at 05:43:44 | Permalink | Comments (6)

नयाँ नेपाल को अनुहार ।

     यो तस्बिर आज भन्दा ठिक २२ महिनजत्ति अगाडिको हो अर्थात July 2005 हो। प्राय जसो मेरो काम बाट फुर्सद मिल्ने भनेको यस्तै अषाढ श्राबण महिना हुनाले त्यहि समय छोपेर म लागेको थिएँ नाम्चे। घरको रोकावटको बावजुद पनि म Yeti Airlines समतेरर हुँकीएको थिएँ। लुक्लाबाट २ दिनको बाटो भएपनि म मेरो अफिसको गाईडहरलाई देखाउन भएपनि १ दिनमा नाम्चे पुगेरर देखाउन चहान्थे र पुगेँ पनि। यो मेरो नाम्चे यात्रा दोस्रो पटक हो। त्यहाँ पुग्नु कारण उहित हो अघाउन्जेल उहि सगरमाथा Mt. Everest  लाई आफ्नो सामीप्यमा  राखेर आन्नद लिनु हो। २ दिन को नाम्चे बसाईमा पनि मलाई मौसमले खासै साथ दिएन। बिहान ५ बजे देखि Mt. Everest  हेर्नको लागि म नाम्चे भन्द अलिक माथि पुगेर कारिब ३ घण्टा जत्ति पर्खेर बस्दा पनि Mt. Everest  को शीरमाथि बादल डम्म लागेर खसै राम्रो सँग देख्न सकिन। तैपनि फोटोहरु चाँहि खिचेँ। 

आज २२ महिना पछि ति पोटो हेर्दा त्यो बेलाको Mt. Everest   र अहिलेको नयाँ नेपाल लगभग उस्तै अवस्थामा छन् । मेरो लामो प्रतिक्षा थियो  सफा, कञ्चन, उच्च अनि बिशाल Mt. Everest हेर्ने तर सकिन आज पनि त्यस्तै उच्च र बिशल प्रतिक्षा छ नयाँ नेपाल हेर्न। Mt. Everest  को शीरमाथि बादल लागे जस्तै अहिले नयाँ नेपालको शीरमाथि राजनैतिक को कालो बादल लागेको छ। मेरो अनुभवमा त्यो कालो बादलको मतियार बनेका छन अहिलेका मै हु भन्ने नेताज्यूहरु। बोल्छन एक थरि गर्छन अर्को थरि।  कालो बादलले जसरी सगरमाथालाई ढाकेको छ त्यसरीनै नयाँ नेपालको भविष्यलाई तिमिहरु Puppep नेताहरु को अनुहारमा परिबर्तन अपरिहार्य छ पक्का नव नेपाल को लागि।

Posted by Stranger at 04:31:38 | Permalink | No Comments »

Friday, May 11, 2007

नयाँ नेपाल को प्रशासन।

 वाह!!नयाँ नेपाल को प्रशासन

कुरा अस्तिको मात्रै हो। मेरो पासपोर्ट को म्याद सकेकोले नयाँ बनाउन म हतार हतारले जिल्ला प्रशासन कार्यालयमा ११ बजे पुगेँ। पासपोर्ट शाखामा त माजाले बिना सूचना ढोका बन्द गरेर चुकुल्ल लगाएको थियो। मन मनै सोचेँ किन आज यो शाखा मात्रै बन्द गरेको होला। केहि समस्या परेर हो कि? झट्ट अस्तीको समचारको याद आयो। खै एक जना स्टाफले नक्कलि पासपोर्ट को काम गरेर ललितपुरको जिल्ला प्रशासन कार्यालयको स्टाफलाई अख्तियारले रङ्गे हात समात्योरे……त्यहि कारणले गर्दा पो हो कि ? थाहा नपाएकोले सोधपुछ गर्न सोधपुछ कोठामा गएर सोधें “हजुर किन आज पासपोर्ट शाखा बन्द भएको?” चुरोट को धुंवा फ्यक्दै अनुहार अन्तैतिर तेर्स्याउंदै उत्तर आयो -पासपोर्ट नभएर नि …..हरे भगवान!!!! सरकारी कर्मचारीको को तौरतरिका र ब्यबहार ……. एक छिन त झनक्क रिसले तिरिमिरि झ्याँइ देखेँ। तर के गर्नु रिसाएर त काम छैन। दिक्क लाग्यो सरकरी कर्मचारीको स्तर देखेर। यो चाहिँ Middle level को सरकरी कर्मचारीहरुमा यस्तो भावना हुन्छकी हामी त सरकारि कर्मचारी हामीलाई त तलब सरकारले नै खुवाएको हो  ब्यक्तिको केहि खाएको छैनौ……आखिर  ऊनिहरु त म भन्द पनि पढेका हुनु पर्छ र पक्कै पनि छन, तर पनि किन त यस्तो ब्यबहार????? उनिहरुको तलब कहाँ बाट आउँछ ? जनताको परिश्रमबाट  सरकारले आर्जीत मुद्रा ( कर) नै उनीहरुको तलब हैन र ?मैले पनि धेरै टेन्शन र मिहेन गरेर श्रीमति र छोरो बाट टाढा बसेर कमाएको मुद्रा बर्षको अलिकाति भएपनि ती कर्मचारिको लागि तलब (कर) छुट्याएको छु। मलाई माफ गर्नु होला मैले सबै कर्मचारीहरुलाइ भनेको चाँहि हैन तर पनि  Almost of employers from Nepal government look poor in thought (बिचरा. )

मेरो बिचारमा एक त पासपोर्ट सि. डि. ओ. कार्यालयमा सकिन दिनु नै हुँदैन सकिए पनि त त्यस पासपोर्ट शाखामा सम्बन्धित कर्मचारी बसेर त्यहां आएका मानिसहरुलाइ राम्रो सगँ नम्र मिजासले सहि सूचना दिनु पर्दैन र? मानिसहरु त्यहा आएर पसपोर्ट बनाउने प्रक्रिया बिधि आदि को बिषयमा पनि त सोध्न सक्छन नि।  पासपोर्ट सकियो भन्दैमा शाखाको ढोका नै बन्द गरेर बस्न मिल्छर?  त्यस्तो लापर्वाही हुँदा पनि जिल्ला भरिको तमाम प्रशासन को ग्यारेण्टि गर्छु भनेर ललितपुरको जिल्ला प्रशासन कार्यालयमा कार्यरत सि. डि. ओ. ( Chief District officer-  is the first class employer of Nepal Government ) ले आफ्नै घरमा त्यस्तो लापर्वाही युक्त काम हुँदा पनि मै हुँ जिल्ला सञ्चालक भन्नेको अगाडी इन्द्रको बौ चन्द्र आए पनि नयाँ नेपाल हैन कि उही नेपाल हुन्छ। सतिले सरापेको नेपाल हुन्छ।

 

Posted by Stranger at 16:03:38 | Permalink | No Comments »

Wednesday, May 9, 2007

तँपाइलाई पनि डि भि D.V. पय्रो?

यसरीनै हामि नेपाली आफ्नो भाग्य चम्क्योकी चम्केन भनेर  पोष्ट अफिसको  भित्ता आँखा झुन्ड्यउनु परेको छ। यो हो अमेरिकाले गरिबले पनि गरि खाऊन अनि आफ्नो देशमा स्तरियहीन श्रम सस्तो ज्याला खरिद को लागि बोलपत्र आब्हान गर्ने नाटक रुपी डि.भि।  यो डि.भि ले कोहिलाइ चाँहि अमेरिका पुय्रायो त्यसपछि भाग्य चम्क्योकी चम्केन  थाहा छैन, तर धैरैलाई चाँहि आफ्नो देशमा पनि आफ्नै माटोमा नै सुकुम्बासि बनायो। कातिले डि.भि  पर्दासाथ अमेरिका जाने रहरले  भएभरको जग्गा जमिन बेचेर डलर बनाएर सबै डलर त्यहि अमेरिकनहरुलाई चढाएर  उनिहरु बाटै हामि नेपाली  सुकुम्बासि भएकाछौ।

तैपनि म चाहिँ दोष ती अमेरिकनलाई दिन्न। उनीहरुको देशमा हामीलाई किन जानु पर्यो त? हेपाई खाएर….अमेरिकनलाइ दोष दिँदा उल्टो अमेरिकन राजदुतले धम्कि भाषामा बोले नेपालीलाई दिएको डि.भि. को सुबिधानै कटिनेछ यदि किचकिच गारेर अन्नशन बसेर भुसुनो भएर हात्तिलाइ दु:ख दियौ भने……. बल्याले जे गरे पनि हुन्छ वा अमेरिकन ले …. Wow American! Powerful American!!  But you guys seem strong front side of only Poor country like us not with Developed country like Europe Japan etc. Power is God.

Posted by Stranger at 16:50:21 | Permalink | No Comments »

Friday, May 4, 2007

Great place मेरो आफ्नै गाँऊ

 आहा मेरो गाँउ मेरो ठाउँ। धन्य भगवान! यस्तो शुन्दर अनि शान्त पहाडको काखमा बस्न पाउनु। भन्छन् नी पारिजातको मेसो नपाउनेलाइ स्वर्ग पनि रमाइलो हुँदैनरे त्यस्ते हो यो शुन्दर गाउँ पनि।

Have you been this place ? If not you should be there someday. Really Great place to stay. Looks really better then my explaination  and sounds much cool then pictures.

The Name of this place is called LAMATAR. It lies South from kathmandu and 16 Km. from Thamel.

 

Posted by Stranger at 03:31:12 | Permalink | No Comments »

Tuesday, May 1, 2007

मे दिबश अर्थात मजदुर दिबस

मे दिबश अर्थात मजदुर दिबस- आज पनि नेपालमा बिभीन्न कार्यक्रम गारेर मनाइँदै छ। नेताहरु शीतल मन्चबाट लेबी डकारेर कुर्लदै, मजदुरहरु टन्टलापुर्ण घाममा त्यहि नेताहरुद्धारा प्रेशीत दीवासपनमा आफ्नो घरको चुल्हो आफैँ बलेको कल्पना गर्दै, शाहुहरु अब के हुन्छ है? न अब मजदुरहरु मिलेर आफुले कमाएको सम्पति लुट्छनकी यस्तै शोच्दै मे दिबश अर्थात मजदुर दिबस नेपालमा मनाइन्छ। हे भगवान कहिले सम्ममात्रै  खाली मे दिबश मनाइरहने?????

यति बेला मेरो दिमगमा ती महान (Great) मजदुर र शाहुहरुको सम्झना आउँछ ति हुन जापान, अमेरिका, युरोप, चीन आदिका। मैले सुनेनुशार अहिले अमेरिका र जापनमा त कुनै किसिमका नेपालका जस्ता लेबि उठाएर पार्टिलाई बुजाउन पर्ने युनियन नै  छैनरे। आखिर किन त  युनियन नै नभईकन ति देशका कम्पनि र देश यति माथि पुगे? शाहू र मजदुरहरुको सम्बन्ध त्यति मीठ भयो।स्ले गर्दा  हो मजदुरहरुको सबैभन्दा ठूलो कर्तब्यनै आफ्नो कम्पनिको कसरी  हित हुन्छ? आफ्नो कामको कसरी सबैले प्रशँसा गर्छन् भनेर हरदिन त्यहाका मजदुरहरु तल्लीन हुन्छन्। इमान्दारी साहित को काम नै सच्चा मे दिबश अर्थात मजदुर दिबस हो। यसरीनै त्यहाँका शाहुहरु पनि यति इमान्दरी हुन्छकी आफ्ना  कामदारहरु नै उनिहरुका अन्नदाता हुन उनिहरु नभए शहुहरुको अर्थनै छैन।मजुदरहरुको हक हित को बारेमा उनिहरु एकदमनै सचेत र इमन्दरी देखिन्छन्। उदाहारण छ  Microsoft Company, Toyota, Honda , Canon, P&G  etc कम्पनिहरु के शाहुहरुले मात्रै गर्दा त्यति माथिपुगेका हुनत? पक्कै हैन । महान मजदुरहरुकै अथक प्रयास बाट हो। त्यसो हो भने किन त ति मजदुरहरुले शाहुहरुको कम्पनिमा तलबैको लागि मरि मरि काम गरेको त? आफ्नो पिता माता को स्वर्गारोण हुँदा पनि घर नआएको उदारण धेरै सुनेका छौ। श्रीमति श्रिमान बीचको बिछोड पनि कामको करणले भएको हामिले सुनेक छौ। यसरि कामदरले संसारै छोडेर काम र कम्पनि भन्नुमा शहुहरुको पनि आफ्नो कामदारप्रति ठुलो लगानी, कर्तब्य, इमन्दरी रहेछ।

 

नेपालमा मनाइने मे दिबश ले खालि शाहु र महदुर बीचको दरारलाइ झन गहिरो बनाउने गारि मनाइन्छ। नेपालको मे दिबश अर्थात मजदुर दिबस खुलामञ्च मा हैन आफ्नै कर्मथलो कम्पनिमा शाहु र मजदुरहरु आधा दिनसम्म काम गरेर आधा दिनपछि संगै खनपिन गरेर हात मिलाएर भाबी दिनमा कसरि कम्पनि माथि लाने?  मजदुरलाइ कसरि अझ लाभन्वीत बनाउने आदि आदि छलफल गरेर मनाउँदा मजदुर र शाहु बीचको न्यानो सम्बन्धनै अलिकति नयाँ नेपालको सँघार हो।  बिना शाहु खुलामञ्च रँग्याउँदैमा  अपुरो हुन्छ जसरी बिना मजदुर शाहुहरु अपुर्ण हुन्छन्। त्यसैले यो मे दिबश मजदुर र शाहुहरु बीचको मिलनको दिन हुनुपर्छ।

 

 

Posted by Stranger at 16:50:21 | Permalink | No Comments »