रमाईला पलहरु……..
यस्तो फोटो देखेपछि म आज भन्दा लगभग १५ बर्ष अगाडिको मेरो जीबनको ब्यथित रमाइला पलहरु जून एकदम आनन्दमय थियो। लगवग S.L.C सकेर I.A. को कलेजको जीबन थियो, जुन बेलामा मेरो अधिकांश जीबन यसरी नै खेतमा रमाई रमाई हाँसी हाँसी दिन भरि कोदालीलाई साथी बनाएर खाजामा २/३ माना चिउरा खाएको सम्झना आउँदा एक किसिमको रमाईलै हुन्छ । त्यो बेलामा चाँहि खासै थाहा थिएन कसरी त्यति धेरै २/३ माना चिउरा खाजामा खान सकेको होला ? आखीर त्यो त २/३ माना चिउरा मध्ये आधा चिउरा त मेरै साथि कोदालीले पनि त खाएको रहेछ । त्यो बेलाम यति धेरै खाना खाईन्थ्यो कि जति खाए पनि पेटार पेट शीलीम ज्यान कस्तो ह्याण्डशम थिएँ
…………. । अहिले कोदाली साथिको अभाबमा ज्यान एक किसिमाको लौका भएको छ। खाना त खासै कम नै खाइन्छ तर पनि ज्यान हिँड्ने होइन गुड्ने भइसकेको छ्।
त्यो बेलामा Morning Walk भन्ने थाहा थिएन। अहिले ज्यान घटउने तरिका Morning Walk थाहा छ त्यै ज्यान घटाउने तरिका Morning Walk थाहा भएरै होला ज्यान लौका बाट कुभीण्डो हुनुमा त्यहि सहि साथि कोदाली नभएर हो भन्ने कुराको चाँहि हेक्का छैन।
आहा! पीरो पीरो आलुको अचार अनि टाइचीन को चिउरा……..कति मीठो हुन्छ। यसपाली को अषाढमा त पक्का अफिसबाट बीदा लिएर धेरे बर्ष पछि कोदाली लिएर खेताम हिलो आलि गर्न जाने बीचार गरेको छु। बीचार चाँहि छ तर कूभण्डे ज्यानले कतीको शाथ दिने हो थहा छैन।




