Sunday, April 13, 2008

नयँ बर्ष

नयाँ बर्ष २०६५ सालको शुभ-कामना !

I wish you all  Very Happy Nepali New Year 2065, may new year keep us under the roof of happiness and peaceful.

Posted by Stranger in 10:40:19 | Permalink | No Comments »

Saturday, March 22, 2008

My life

ज मैले  साइकल चलाउन थालेको पनि १ महिना भयो। तर हरक दिन होइन हप्ताको ३दिन साइकल नि ४ दिन  उहि म.बाइक। नेपालीको लागि पुरनो साइकलको रु ….भनेको त अलि नसुहाउने कुरानै भयो नि। मैले जब रक्सि, बियर वाइन पिउन ठप्पै छोडें अनि त्यहि पैसाले किनेको हो। त्यसैले यो मेरो साइकल सँग को सम्बन्ध मिठो छ।
 साइकल किन्नु अगाडि मेरो मनमा एउटा चिन्ता भने थियो नै। रू …….. को पुरानो साइकल किनेर २ दिन चढेर ३ दिन पछि  घरको कुनामा थन्क्यउन पर्यो भने त मलाइ त्यो  महँगो साइकलले निकै पिरोल्छ। तर आज १ महिना भयो आन्नदले नै चढेको छु।
 पहिलो हप्ता त अलि गारो भयो पनि, छातिका करङ्ग नै दुख्यो। तर पछि चांहि  खासै केहि भएन।
घरबाट ठमेल आउन करिब १ घण्टा लाग्छ। कसरत चाँहि राम्रै भएको छ। साइकल चढेदेखि अहिले सम्म ३ के.जि. घटउन पनि शफल भएछु।
बाटो तिर पनि रमाइल द्रिष्यहरु, घटनाहरु हेर्न पाइन्छ।
 अचेल मनमा एउट कुराले भने असाध्यै खुशी बनाएको छ।  मलाइ साइकले बनीले केहि हदसम्म  फाइदा ने भएको छ। पेट्रोलबाट पैसा जोगियो, भुँडि घट्यो, अनि केहिन कहि रुपमा मैले pollution पनि कम गरेको छु। त्यसैले Please  मलाइ साइकल चढ्न को लागि हौसला मिलोस कि पल्सर मोटर बाइक ले बाटोमा साइकललाइ हेपेको जासारि नहप्नु होला ।
Posted by Stranger in 09:20:16 | Permalink | Comments (1) »

Saturday, October 27, 2007

Happy Vijaya Dashami to all my bestwisher .
Posted by Stranger in 04:39:29 | Permalink | No Comments »

Wednesday, July 4, 2007

This picture was taken from Champadevi hill when our office crews were there for oneday hikking course. When we climbed on the top of Champadevi hill , we were excited looking the beautiful view of Kathmandu which was seen as artful bowl and it’s cover was of cloud.     

Posted by Stranger in 01:52:56 | Permalink | No Comments »

Monday, June 25, 2007

Nepal’s Government has finally delecared the Election of Consitution Assembly on 22 November 22nd 2007.  In history of Nepal  annoucement of Election of Consitution Assembly  has girst time announced.
Posted by Stranger in 11:43:35 | Permalink | No Comments »

Saturday, June 2, 2007

Untitle

 

 

नमस्कार!

घनाबस्ती काठमाण्डौ शहरबाट धेरै टाढा को शुन्दर घरबाट।  ळाग्छ कहिले काँहि त कोलाहाल ठमेल बाट सबै छोडेर यहि शान्त शुन्दर घरमा गएर आनन्द लिएर बसुँकि????

यो तश्बिर मैले पोखराको सारङकोटमा खिचेको हुँ।

Posted by Stranger in 07:04:13 | Permalink | Comments (1) »

Friday, May 18, 2007

रमाईला पलहरु……..

   स्तो फोटो देखेपछि म आज भन्दा लगभग १५ बर्ष अगाडिको मेरो जीबनको ब्यथित रमाइला पलहरु जून एकदम आनन्दमय थियो। लगवग S.L.C सकेर I.A. को कलेजको जीबन थियो, जुन बेलामा मेरो अधिकांश जीबन यसरी नै खेतमा रमाई रमाई हाँसी हाँसी दिन भरि  कोदालीलाई साथी बनाएर खाजामा २/३ माना चिउरा खाएको सम्झना आउँदा एक किसिमको रमाईलै हुन्छ । त्यो बेलामा चाँहि खासै थाहा थिएन कसरी त्यति धेरै २‍/३ माना  चिउरा खाजामा खान सकेको होला ? आखीर त्यो त २/३ माना चिउरा मध्ये आधा चिउरा त मेरै साथि कोदालीले पनि त खाएको  रहेछ । त्यो बेलाम  यति धेरै खाना खाईन्थ्यो कि जति खाए पनि पेटार पेट शीलीम ज्यान कस्तो ह्याण्डशम  थिएँ Tongue out…………. । अहिले कोदाली साथिको अभाबमा ज्यान एक किसिमाको लौका भएको छ। खाना त खासै कम नै खाइन्छ तर पनि ज्यान हिँड्ने होइन गुड्ने भइसकेको छ्।

 त्यो बेलामा Morning Walk भन्ने थाहा थिएन। अहिले ज्यान घटउने  तरिका  Morning Walk  थाहा छ त्यै ज्यान घटाउने तरिका Morning Walk  थाहा भएरै होला ज्यान लौका बाट कुभीण्डो हुनुमा त्यहि सहि साथि  कोदाली नभएर हो भन्ने कुराको चाँहि हेक्का छैन।

आहा! पीरो पीरो आलुको अचार अनि  टाइचीन को चिउरा……..कति मीठो हुन्छ।  यसपाली को अषाढमा त पक्का अफिसबाट बीदा लिएर धेरे बर्ष पछि कोदाली लिएर खेताम हिलो आलि गर्न जाने बीचार गरेको छु। बीचार चाँहि छ तर कूभण्डे  ज्यानले कतीको शाथ दिने हो थहा छैन।

Posted by Stranger in 17:46:17 | Permalink | Comments (3)

Tuesday, May 15, 2007

नयाँ नेपाल

      ज भोलि काठमाण्डुमा हिँडदा खेरि मलाई सँधै एउटै द्रिष्याले मेरो दिमामा कहिले रिसको पारो आसध्यै बढाउछ भने कहिले मान्छे पशु नै छुट्याउने  सानो काम पनि मेरो दिमागले गर्न सक्दैन सरकारले  लाखौँ खर्च गरेर  आम जनताको  जीबन शुराक्षा होस र Traffic  System राम्रो होस भनेर आकाशे पुल(Sky Bridge) बनाईदिएको छ तर पनि हामी मूर्ख मान्छे आकाशे पुल(Sky Bridge) प्रयोग नगरी ब्यस्त सडकमा गाडिलाई असाध्यै बाधा पुर्याएर ट्रफिक जाम गरेर बाटो काट्छौँ। अलिकति Basic knowledge पनि नभएको देख्दा यतिको गतिछाडा जनताको लागि नयाँ नेपाल सुङ्गुरको स्वर्गको यात्राजस्तै हुन्छ होला। हे भगवान! किन होला अति सानो ज्ञान र संस्कार  पनि नभएको शुन्य घैँटोरुपी मनुष्य हुन्छ र? हामी पनि त बिदेशी जस्तै सभ्य हुनुत अवश्या पर्छ। यस्को शुरवात हामी बाट नभए कसबाट शुरू गर्ने हो? यो पनि त अनुशासनको बिषयमा नै पर्छ होला।  आकशे पुल(Sky Bridge)  चाँहि खाली तल सबै जना गाडि जाम बनाएर भन्छन मानिसलाई पहिलो प्राथमिक दिनु पर्छअनि म भन्छु पहिलो प्राथमिकता त मानिसलाईनै हो पशुलाई होइन”।  
Posted by Stranger in 16:06:54 | Permalink | Comments (1) »

Saturday, May 12, 2007

   

किन होला मलाई अझ सम्म त्यहि पहिलो Motor Bike अर्थात  मेरो जिन्दगीकै पहिलो म जस्तै कालो बाईक मन परिरहेको छ? मेरो जीबनको त्यो पहिलो कमाई भएर हो कि?  यो बाइक बेचेको दिनत असाध्यै नरमाईलो लागेको थियो। अरुलाइ दिने बेलामा त झण्डै रुँदै मुइनै खाएको थइन।अहिले सम्म पनि एकदम सम्झना आउँछ। कस्ले प्रयोग गरिरहेको होला? बाईक असाध्यै लक्षिणको थियो।मैले उस्को नाम काली राखेको थिए। ७ बर्ष सम्म मलाइ यो बाइकले सुरक्षीत राखेर उस्कै सौताको आगमन पछि उ मबाट टाढा भई। तिमि जहाँ भएपनि मेरो सम्झना छ। I really love you Kali. Thanks for your great unforgetable services which I got from you until last seven years.

 

Posted by Stranger in 05:43:44 | Permalink | Comments (6)

नयाँ नेपाल को अनुहार ।

     यो तस्बिर आज भन्दा ठिक २२ महिनजत्ति अगाडिको हो अर्थात July 2005 हो। प्राय जसो मेरो काम बाट फुर्सद मिल्ने भनेको यस्तै अषाढ श्राबण महिना हुनाले त्यहि समय छोपेर म लागेको थिएँ नाम्चे। घरको रोकावटको बावजुद पनि म Yeti Airlines समतेरर हुँकीएको थिएँ। लुक्लाबाट २ दिनको बाटो भएपनि म मेरो अफिसको गाईडहरलाई देखाउन भएपनि १ दिनमा नाम्चे पुगेरर देखाउन चहान्थे र पुगेँ पनि। यो मेरो नाम्चे यात्रा दोस्रो पटक हो। त्यहाँ पुग्नु कारण उहित हो अघाउन्जेल उहि सगरमाथा Mt. Everest  लाई आफ्नो सामीप्यमा  राखेर आन्नद लिनु हो। २ दिन को नाम्चे बसाईमा पनि मलाई मौसमले खासै साथ दिएन। बिहान ५ बजे देखि Mt. Everest  हेर्नको लागि म नाम्चे भन्द अलिक माथि पुगेर कारिब ३ घण्टा जत्ति पर्खेर बस्दा पनि Mt. Everest  को शीरमाथि बादल डम्म लागेर खसै राम्रो सँग देख्न सकिन। तैपनि फोटोहरु चाँहि खिचेँ। 

आज २२ महिना पछि ति पोटो हेर्दा त्यो बेलाको Mt. Everest   र अहिलेको नयाँ नेपाल लगभग उस्तै अवस्थामा छन् । मेरो लामो प्रतिक्षा थियो  सफा, कञ्चन, उच्च अनि बिशाल Mt. Everest हेर्ने तर सकिन आज पनि त्यस्तै उच्च र बिशल प्रतिक्षा छ नयाँ नेपाल हेर्न। Mt. Everest  को शीरमाथि बादल लागे जस्तै अहिले नयाँ नेपालको शीरमाथि राजनैतिक को कालो बादल लागेको छ। मेरो अनुभवमा त्यो कालो बादलको मतियार बनेका छन अहिलेका मै हु भन्ने नेताज्यूहरु। बोल्छन एक थरि गर्छन अर्को थरि।  कालो बादलले जसरी सगरमाथालाई ढाकेको छ त्यसरीनै नयाँ नेपालको भविष्यलाई तिमिहरु Puppep नेताहरु को अनुहारमा परिबर्तन अपरिहार्य छ पक्का नव नेपाल को लागि।

Posted by Stranger in 04:31:38 | Permalink | No Comments »